आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ 

बिहिबार, असार २४ २०७८

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ काठमाडौं महानगरपालिका–२६ ठमेल जेपी मोडस्थित होटलमा तास खलिरहेको अवस्थामा होटल संचालक चिनियाँ नागरिक राहदानी नम्बर ई ९९८३३१२३ बहाक हि छियालोङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
उक्त होटलमा हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाई रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ तथा जुवातास खेल्न प्रयोग गरेको विद्युतिय १ थान टेबल, २ सय १० थान प्लाष्टिकको गोटी,  १ सय ६० पत्ता तास, २ डिब्बा चिनियाँ लामो तास र खुल्ला अवस्थामा रहेको ७० पत्ता चिनियाँ लामो तास सहित पक्राउ गरेको हो । 

Juwa Chines 2.JPG

यसैगरी भक्तपुर, सुर्यबिनायक नगरपालिका–७ ध्याम्पे डाँडा बस्ने सन्जीब वाग्लेको घ्याम्पे आईएनएन होटलमा तास खेलिरहेको अवस्थामा वाग्ले लगायत छ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटीएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

दाङको तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउस्थित झग्गु प्रसाद बुढाथोकीको घरमा तास खेलीरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय शरण श्रेष्ठ लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४७ हजार १ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।