आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ 

बिहिबार, असार २४ २०७८

ईलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले सावालाई उनले प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।