आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ 

बुधबार, असार २३ २०७८

भक्तपुर । महानगरीय प्रहरी प्रभाग सानोठिमीमा डियुटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका–२ धन्चे पाखा बस्ने २४ वर्षीय सरोज केसी लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  
मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा मादक पदार्थ सेवन गरी हल्ला गरेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हातपात गर्दा घाइते भएका एकजना प्रहरी सहायक निरीक्षक कोरियन अस्पताल ठिमीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।