आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ 

बुधबार, असार २३ २०७८

रुपन्देही । सिद्धार्थनगर नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको नगद ३१ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनय कलवार र भारत उत्तर प्रदेश नौतुना बस्ने ३५ वर्षीय सुरज गैडा रहेका छन् । लु.२१ प २२१२ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला पारी स्कुटर चालक कलवार र स्कुटरमा सवार गैडालाई पक्राउ गरेको हो । 
बरामद रकम र स्कुटर सहित दुवै जनालाई आवश्यक कारबाहीको लागि बुटवल उपमहानगरपालिका–८ स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।