कपिलवस्तु । कृष्णनगर नगरपालिका–२ बसपार्कस्थित हुसेन सटही काउण्टरबाट नगद ४ लाख ६० हजार रुपैयाँ र नगद १ लाख ५० हजार भारतीय रुपैयाँ मंगलबार बिहान चोरी भएको छ ।
काउण्टर संचालक खाना खान गएको अवस्थामा ढोकाको लक फोडी उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।