आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दुर्लभ वन्यजन्तुको अखेटोपहार अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न ४ जना चिनियाँ नागरिक पक्राउ

बुधबार, असार २३ २०७८

काठमाडौं । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा ४ जना चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका–१७ ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने चीन युनान प्रान्त घर भएका राहदानी नम्बर ईएन ६३१२७४२  बाहक ३१ वर्षीय झाओ पेन्युचेङ, काठमाडौं ठैटी बस्ने चीन हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय मा जिनबिन, चीन हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय न्यु युलिङ, र चीन जुआङगदोन्ज  प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय पेङ हुई रहेका छन् । 
काठमाडौं महानरगपालिका–१७ ज्याठा क्वाबाहालमा चिनियाँ नागरिकहरु जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने बिशेष सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त होटेल तलासी गर्दा दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट नगद ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ, जुवातास खेल्न प्रयोग गरेको २ थान बिद्युतिय टेबल, जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी, ७ थान मोबाइल, १ थान बाघको छाला जस्तो देखिने बस्तु, २० थान गाईको छाला जस्तो देखिने वस्तु, २० थान कस्तुरीको बिना जस्तो देखिने वस्तु, ९ सय थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटिएम कार्ड, २ सय ५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), २ थान बाघको दाँत जस्तो देखिने वस्तु, २ थान खुकुरी र १ थान तरबार प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।