आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ 

मंगलबार, असार २२ २०७८

काठमाडौं । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका–२ घर भएका २० वर्षीय जितेन्द्र साहको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् । 

चन्द्रागिरी नगरपालिका–३ थानकोटमा आइतबार राति गोपालि समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा गोपालीलाई चन्राकोगिरी नगरपालिका–३ थानकोट र तामाङलाई सोही नगरापालिका–१ दहचोकबाट फेला पारी प्रहरीले पक्राउ गरेको   हो । 

घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरु उपर कर्तव्य ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।