आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अबैध लागूऔषध सहित पक्राउ 

आइतबार, असार २० २०७८

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–९ गाउँ नम्बर १२ बस्ने ३६ वर्षीय कमल शर्मालाई १२ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही ठाउँ शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले जाचँ गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहाको अबैध लागूऔषध गाँजा बोकी लैँजादै गरेको अवस्थामा उक्त गाँजा फाली फरार भएका धनगढीमाई नगरपालिका–१२ बस्ने ३५ वर्षीय संजय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारमा शुक्रबार साँझ करिब १० किलो गाँजा बोकेका उनी ईलाका प्रहरी कार्यालय धनगढी र महेशपुरपतारबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजा छोडी फरार भएकोमा खोजी गर्न क्रममा धनगढीमाई नगरपालिका–१० धनगढी बजारमा शनिबार साँझ फेला पारी पक्राउ गरेको हो । 

कैलालीको घोडाघोढी नगरपालिका–१ घोडाघोडीबाट ९ ग्राम ३ सय ६० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद १ लाख २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने  २३ वर्षीय बिशाल थापा र १९ वर्षीय श्याम मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका–८ बोधडाडा बस्ने २५ वर्षीय सुदिप मोक्तानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ना.२ ह ३४६८ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी  अटो चालक सुदिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।