आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रहरीलाई आर्थिक प्रलोभनमा पर्न खोजेको अभियोगमा पक्राउ 

आइतबार, असार २० २०७८

सिन्धुली । गोलन्जोर गाउँपालिका–७ खुर्कोटबजारस्थित चेक पोष्टमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–९ राजाबास बस्ने २९ वर्षीय रमेश दनुवारलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । 

गाईघाटबाट काठमाडौंतर्फ आँउदै गरेको बा.८ ख ७१६२ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीका चालक रमेशले जिल्ला प्रशासन कार्यालय गाईघाट उदयपुरको पासभित्र उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।