काठमाडौं l अमेरिकाले नेपाली सेनालाई रेस्क्यू बोट दिएको छ। केही दिन अघि छाउनीस्थित जंगी असवाव खानामा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाली सेनालाई चार वटा रेस्क्यू बोट हस्तान्तरण गरेको हो।
नेपाली सेनाको विपद् निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई अमेरिकी राजदूतावासका सैनिक अधिकारी मिचेल पी वाइटले हस्तान्तरण गरेका हुन्।

उक्त बोट बाढी, डुबान जस्ता जलउत्पन्न विपद्को समयमा उद्धार र राहतमा उपयोगी हुने नेपाली सेनाको विश्वास छ।