बाँके । बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अछाम मेललेख गाउँपालिका–३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका–५ बस्ने ३५ वर्षीय नन्दु बुढा रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।