आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ 

सोमबार, असार १४ २०७८

कैलाली । गोदावरी नगरपालिका–२ अत्तरीया बसपार्कबाट १ सय २० ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद ८ हजार  ६ सय रुपैयाँ र ५ थान मोबाइल सहित डडेल्धुरा अमरगढी नगरपालिका–८ बस्ने २० वर्षीय महेश सार्की सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गेरको छ । 
प्रदेश ३–०१ –००२ च ४६९९ नम्बरको कारलाई प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातु सहित फेला पारी कार चालक कार्की समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।