बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालकृष्णको ’प्रशंसा गर्छोमा सुनिल र रेजिनाको रामोन्स

आइतबार, असार १३ २०७८

काठमाडौं । गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत प्रशंसा गर्छौको भिडियो सार्वजनिक भएको छ । गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनिल क्षत्री र रेजिना मगरको रोमान्स देख्न सकिन्छ ।

sunilll (2).jpg

प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको डान्सिगं शैलीको गीतमा प्रेममा चुर्लुम्मै डुबेका युवा युवतीको कथालाई देखाइएको छ । जसले आफ्नी सुन्दरी मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको रसपान गरेको दृश्यलाई  निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । प्रशंसा एल्बम भित्र समावेश गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् भने प्रशान्त मगरले कोरियोग्राफी गरेका छन् ।

sunilll (1).jpg

दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना हुन् । न्यौपाने र तिमसिनाको यो पहिलो सहकार्य हो । भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो । गायक न्यौपानले केही समय अघि मात्रै ‘चञ्चले मन’ बोलको भिडियो सार्वजनिक गरेका थिए ।

 
भिडियो लिंक

https://www.youtube.com/watch?v=cCDhgT9zG6o

 

sunilll (3).jpg

sunilll (4).jpg