सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुनका गहना र नगद लुटपाट गर्ने पक्राउ 

सोमबार, असार ७ २०७८

दाङ । लमही नगरपालिका–७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक समेत ४ जनाको सुनका गहना, नगद ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको अभियोगमा लमही नगरपालिका–७ कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई  आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  
सोही ठाउँस्थित संम्राट सिमेन्ट कम्पनीतर्फ जाने बाटोको जंगलमा बुढा समेत ३ जनाले भाला, हुक लगायतका हतियार देखाई उक्त गहना र नगद लुटपाट गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमही र अस्थाइ प्रहरी पोष्ट बन्गैबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न बुढालाई पक्राउ गरेको हो । 
लुटपाटमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।