बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हुन्डाई प्यालिसेड नेपाल भित्रियो

सोमबार, असार ७ २०७८

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्रिएको छ । प्यालिसेड प्रिमियम एसयूभी हो । 
कम्पनी स्रोतका अनुसार यो कार छिट्टै आधिकारिकरूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजेल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०–२७० आरपिमटर्क उत्पादन गर्ने छ । यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको सुरुवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ । 

photo 1.JPG