सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मोटरसाइकल तथा भैसी चोरी गरी लैजादै गरेको अवस्थामा २ जना पक्राउ 

सोमबार, असार ७ २०७८

सुनसरी । कोशी गाउँपालिका–१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई सोही गाउँपालिका–८ भण्टाबारीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । 
यसैगरी सुनसरी ईनरुवा नगरपालिका–९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका–६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । 
मोटरसाइकल तथा भैसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छुट्टाछुट्टै खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ७  दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।