सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

मंगलबार, असार १ २०७८

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईस्थित सडकबाट करिब ९ ग्राम ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदावरी नगरपालिका–५ गेटा बस्ने २८ वर्षीय सुरेन्द्र बिष्ट र सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष राना रहेका छन् । सु.प.प्र.०१–००८ प ८५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बाराको निजगढ नगरपालिका–१२ बुम्जोरबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको  छ ।  प्रदेश नम्बर २–०३–००१ ह ३२१ नम्बरको टेम्पोलाई अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पोमा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार टेम्पो चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।