भक्तपुर नगरपालिका–१० कमलविनायक कोठान्डुस्थित शिलमहावीर चैत्य गुम्बा मन्दिरको माथि राखेको चाँदी र सुनको जलप लगाएको २ फिट उचाई भएको करिब ५ किलो तौल भएको गजुर सोमबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।