सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ  

सोमबार, जेष्ठ ३१ २०७८

कञ्चनपुर । एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय  गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।