मोरङ । अवैधरुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको विभिन्न औषधि तथा खाद्य सामग्री सहित भारत राजस्थान बिकाने घर भएका दिनेश महतोलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–९ ट्राफिक चोकमा घर भाडामा लिई भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न औषधी तथा खाद्य प्रोडक्सहरू बिक्री गर्ने महतोलाई ५० पत्ता ऋभाष् उचय, ५६ पत्ता ब्शष्चभकत, १ सय ६९ पिस त्तगष्लअ र विभिन्न खाद्य प्रोडक्सहरु सहित उनकै गोदामबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।