सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ 

आइतबार, जेष्ठ ३० २०७८

सिरहा ।  सुखिपुर नगरपालिका–७ बलही बस्ने ४७ वर्षीय गणेश कुमारलाई १ थान कटुवा पेस्तोल र १ थान गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
गोप्य सूचानको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरपतार तथा गोलबजार र अस्थाई प्रहरी पोष्ट शिव चौकबाट खटिएको प्रहरीले सिंहको घरमा सोधपुछ तथा तलासी गर्दा घर नजिकै परालको कुन्युमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।