सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, जेष्ठ २२ २०७८

बैतडी । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–६ सेलिबिजुला बस्ने १९ वर्षीय हरिश धामी र सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई जेठ १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।