सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कुटपिटबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा 

बिहिबार, जेष्ठ २० २०७८

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने सोही नगरपालिका–१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको छ । 
गोकर्णेश्वबर नगरपालिका–८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिटमा संलग्न सुनिललाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।