सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

दुई सय ७० किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ 

शुक्रबार, जेष्ठ १४ २०७८

चितवन । राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
उक्त स्थानमा एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाई प्रहरी बिट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकमा सवार पिन्टुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गाँजा वीरगंज हुँदै भारततर्फ लैजान लगेको खुल्न आएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।