सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, जेष्ठ १२ २०७८

रुपन्देही । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गन्धर्वले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।