सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ

बुधबार, जेष्ठ १२ २०७८

काठमाडौं ।  कास्की, माछापुच्छ्रे गाउँपालिका–८ बुनेखोलाबाट करिब ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने गोरखा सुलिकोट गाउँपालिका–४ सौरपानी घर भएका ३० वर्षीय कृष्णा नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सिदिङबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ४४२९ नम्बरको मिनीट्रकलाई अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेबी गाउँपालिका–३ फुलीकाबाट ६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही कन्चन गाउँपालिका–५ बस्ने २७ वर्षीय मदन कुमार दर्लामी मगर र सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद दर्लामी मगर रहेका छन् । बरोहियाबाट पचेहेरातर्फ जाँदै गरेको बा.८० प ९६९० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।