सिरहा । सिरहा नगरपालिका–२ छोटकी टोलबाट नियन्त्रित लागूऔषध एक सय एमएलको १५ बोतल डाइलेक्स डीसी, १३ बोतल रेप्टिना र ३० ट्याब्लेट नाईट्राभेट सहित सोही नगरपालिका–१८ बस्ने १६ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
साईकलमा आउँदै गरेका उनलाई वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।