सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   

बिहिबार, जेष्ठ ६ २०७८

भोजपुर । दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
सोही ठाउँस्थित आरीखोला र मखुवाखोलाको दोभानदेखि करिब २० मिटर टाढा बनमारा घारीमा लगेर ती बालिकालाई मंगलबार दिउँसो ती किशोरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।