भक्तपुर । सूर्यबिनायक नगरपालिका–९ नलिन्चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद एक हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका–१० बस्ने ४३ वर्षीय शेर बहादुर भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जगातीबाट साँगातर्फ जादै गरेको बाग्मती प्रदेश–०३–००१ च ०८६६ नम्बरको माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले उक्त नगद दिन खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।