सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

बुधबार, जेष्ठ ५ २०७८

सुनसरी । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा  इटहरी उपमहानगरपालिका–७ बस्ने ३१ वर्षीय बाबुलाल सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
सामान्य विवादको क्रममा बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालग्रामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते मनुवालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।