सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं । मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० बस्ने २५ वर्षीय मन कुमार बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई मन कुमारले सोही ठाउँस्थित चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
कपिलवस्तुमा पनि १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बिच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।