सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद 

शुक्रबार, बैशाख ३१ २०७८

 झापा जिल्लाको कमल गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट बैशाख ३१ गते एपीएफ टोलीले करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको समान बरामद गरेको छ । 
भारतबाट अवैध रुपले मे १ च ५३२९ नम्बरको म्याजिन गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४६ बोरा चिनी तथा १५ बोरा सुर्ती सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरको हो । त्यसवेला एपीएफ टोलीले उक्त गाडी समेत बरामद गरको छ ।  
बरामद सामान तथा गाडी भन्सार कार्यालय भद्रपुरमा बुझाएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ८ लाख रुपैयाँ रहेको छ ।