सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा लागूऔषध बरामद 

बुधबार, बैशाख २९ २०७८

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ भुजहवास्थित सीमा ईलाकाबाट बैशाख २७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । 
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै उनले बोेकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा वनरेक्स २८ बोतल, नाईट्राजेपाम ट्याब्लेट ३ सय वटा र स्पास्मो ट्याब्लेट ३ सय वटा फेला पारिएको हो । एपीएफ टोलीले बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाएको छ ।