सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

७० किलो चार सय ८० ग्राम अवैध लागूऔषध गाँजा बरामद   

सोमबार, बैशाख २७ २०७८

पर्सा ।  बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ४५ वर्षीय सोती कलवारको घरबाट ७० किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
उनले अवैध लागूऔषध गाँजाको कारोबार गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठाभित्र प्लाष्टिकको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार कलवारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।