सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बैशाख २६ गते एपीएफ टोलीले ७६ बोतल डाईलेक्स डिसी, ११ बोतल कोडिन एक्जीप्लोन र १० बोतल कोडील नामक लागूऔषध बरामद गरेको छ ।
त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध सोही ठाउँमा छाडी फरार भएका थिए ।