सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

शुक्रबार, बैशाख २४ २०७८

काठमाडौं ।  मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित मुसहरे टोलबाट बैशाख २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ४ बस्ने २४ वर्षिय असिम बस्नेत र ३२ वर्षिय पोष्टकुमार वि.क. छन् । को २५ प २५५५ नम्बरको स्कुटरमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजोल्याप ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेनारगन ३० एम्पुल, एभिल ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल र नाईट्रोजन ट्याब्लेट १० वटा फेला परेपछि पक्राउ गरिएको हो । 
एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले बैशाख २३ गते ८ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोलत कोरेक्ससहित बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१  अमलेखगंज बस्ने २१ वर्षिय भरत योन्जनलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । 
पक्राउ परेका निज योन्जनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी सिर्सियामा बुझाईएको छ ।