काठमाडौं । पर्सा जिल्लाको बिरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट बैशाख २३ गते एपीएफ टोलीले ४ बोतल कोरेक्स, ३ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिरगंज महानगरपालिका २७ बस्ने २७ वर्षिय रियाज मन्सुरी, २३ वर्षिय विनोद आलेमगर र २५ वर्षिय अरबिन्द कुमार गुप्ता छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी सिर्सियामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले बैशाख २३ गते ९ वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानगरपालिका ११ बस्ने ३३ वर्षिय सुरज दाहाल र सुनसरी जिल्लाको बर्जु गाउँपालिका ३ बस्ने ३२ वर्षिया विमला हरिजन छन् । बा ९६ प २०१४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।