सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बाह्र किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ 

बुधबार, बैशाख २२ २०७८

सिरहा ।   धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका–१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् । स.१० प २७३ र स.२ प ७५८३ नम्बरको मोटरसाइकललाई  ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।