काठमाडौं । स्याङ्जाको हरीनास गाउँपालिका–३ कुसुमडाडास्थित जंगलमा वेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा हतियार रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
डडेल्धुराको पर्शुराम नगरपालिका–६ तातापानीस्थित सिद्धनाथ सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक आइतबार राति प्रहरीले बरामद गरेको छ । उक्त वनमा बिस्फोट भएको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी तातापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।