सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

सोमबार, बैशाख २० २०७८

जुम्ला । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।