सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध गाँजा सहित पक्राउ 

बुधबार, बैशाख १५ २०७८

कास्की ।  पोखरा महानगरपालिका–२७ तालचोक बस्ने २० वर्षीय रोशन गुरुङलाई ५ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
पोखराको भण्डारढिकबाट तालचोकतर्फ आउँदै गरेको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय शिशुवामुकाम डाँडाको नाकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  
गुरुङ उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।