सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका–१४ घर भएका ६३ वर्षीय कमल थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।