उदयपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–९ रातमाटे बस्ने २० वर्षीय पवन श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई पवनले वैशाख ३ गते ललाई फकाई आफ्नै घरमा लगि पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।