सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

आइतबार, बैशाख १२ २०७८

मोरङ ।  पथरी शनिश्चरे नगरपालिका–८ मिलन चौक बस्ने २२ वर्षीय कृष्ण मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका–६ बस्ने २२ वर्षीय निरोज गोदी र सोही ठाउँ बस्ने १९ वर्षीय धिराज गोदी रहेका छन् । पुरानो रिसइविका कारण उनीहरुले कृष्णलाई राम जानकी मन्दिर छेउमा खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइते कृष्णको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।