बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ    

शुक्रबार, बैशाख १० २०७८

मोरङ । नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर महानरगपालिका–२ दुर्गाचोक बस्ने २८ वर्षीय कुलदिप रायलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत मोरङको २०६९ असोज २३ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३९ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनकै ठेगानाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।