सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

हतकडी सहित फरार रहेका अभियुक्त पक्राउ 

बिहिबार, बैशाख ९ २०७८

काठमाडौं ।  हतकडी सहित फरार रहेका अभियुक्त काठमाडौं कालीमाटी सुकुम्बासी टोल बस्ने भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
२०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ल्याइएका अभियुक्तहरुमध्ये हतकडी सहित फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो । 
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त महाशाखाले जनाएको छ ।