सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद 

मंगलबार, बैशाख ७ २०७८

पर्सा जिल्लाको बिरगंज महानगरपालिका २४ स्थित सीमा ईलाकाबाट बैशाख ६ गते एपीएफ टोलीले करीव १३ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ । 
बीआर २२ जीए ५०२१ नम्बरको भारतीय ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरेको छ  । एपीएफ टोलीले बरामद सामान तथा ट्याक्टर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।