रौतहट । परोहा नगरपालिका–७ दशगजाबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सोमबार साँझ प्रहरीले बरामद गरेको छ । अवैध रुपमा लैजादै गरेको झोला फाली मानिस फरार भएपछि प्रहरी चौकी मोतिपुरबाट खटिएको प्रहरीले वच्चाको टिर्सट २ पिस र जिन्स ३ पिस सहित उक्त लागूऔषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।