सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ 

मंगलबार, चैत्र ३१ २०७७

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५ सय ५० एम्पुल डाईजेपाम, ५ सय ५० एम्पुल फेनारगन, ५ सय ५० एम्पुल नुर्फिन र ५ सय ४० ट्याब्लेट नाईट्राभेट सहित बारा सिम्रनगौढ नगरपालिका–१ घर भएका १९ वर्षीय बिजय कुमार मुखियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५०१३ नम्बरको बसलाई महनागरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिजयलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।