आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सोमबार, चैत्र ३० २०७७

काठमाडाैँ – प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ । दिउँसाे २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने छ।

आइतबार बसेको पदाधिकारी बैठकले आजको केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको थियो। पदाधिकारी बैठकमा कार्यव्यस्तताको कारण देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए।

केन्द्रीय समिति बैठकमा आसन्न महाधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन्। बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने सहमति नेताहरुबीच भएको हो।

यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरेपनि त्यो कार्यान्वयन भएको छैन।

नेता रमेश लेखकका अनुसार सोमबार बस्ने केन्द्रीय समिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पनि सहभागी हुने छन्।